महिला तर्फको एनओसी अवार्ड एरिका गुरुङ र पुरुषतर्फको अवार्ड स्यान्टू श्रेष्ठलाई

टेलिभिजन पत्रकारको अवार्ड कान्तिपुरकर्मी प्रदीप लेखीलाई
असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
महिला तर्फको एनओसी अवार्ड एरिका गुरुङ र पुरुषतर्फको अवार्ड स्यान्टू श्रेष्ठलाई

काठमाडौं । एरिका गुरुङले महिला तर्फ र स्यान्टू श्रेष्ठले पुरुषतर्फको एनओसी अवार्ड जित्नु भएको छ । सञ्चारमाध्यमतर्फ टेलिभिजन पत्रकारको अवार्ड कान्तिपुर टेलिभिजनकर्मी प्रदीप लेखीले जित्नु भएको छ । यस्तै कान्तिपुर दैनिकमा कार्यरत ध्रुव तुलाधरलाई पनि अवार्ड प्रदान गरिएको छ ।

लेखी डेढ दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय हुनुहुन्छ । नेपाल ओलम्पिक कमिटीले आज आयोजना गरेको तेस्रो संस्करणको एनओसी अवार्डमा एरिका र स्यान्टू उत्कृष्ट खेलाडी घोषित भएर अवार्ड जित्नु भएको हो ।

यस्तै उत्कृष्ट पारा खेलाडी खेलाडीको अवार्ड पलेशा गोवर्द्धनले अवार्डले जित्नु भएको छ । करातेका कुशल श्रेष्ठ उत्कृष्ट पुरुष प्रशिक्षक बन्दा कबड्डीकी पार्वती गराई महिला उत्कृष्ट प्रशिक्षक घोषित हुनु भएको छ । दुई प्रशिक्षकले १९ औं एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउनु भएको थियो ।

नेपाल भलिबल संघ वर्षको उत्कृष्ट संघ बनेको छ । हरेक विधामा अवार्ड प्राप्त गर्नेलाई ५० हजार नगद प्रदान गरियो । नेपाल ओलम्पिक कमिटीले ओलम्पिक डेका अवसरमा प्रत्येक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.