विराटनगर किंग्सद्वारा ६ खेलाडी रिटेन

असार २१, २०८२ |खेल ब्युरो
विराटनगर किंग्सद्वारा ६ खेलाडी रिटेन

काठमाडौं । विराटनगर किंग्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि मार्की खेलाडी सन्दीप लामिछानेसहित ६ खेलाडी रिटेन गरेको छ । यससँगै लिगमा सहभागी सबै आठ फ्रेन्चाइज टोलीको रिटेन र रिलिज सम्पन्न भएको छ ।

विराटनगरले‌ आज सामाजिक सञ्जालमार्फत रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो । लिगको पहिलो सिजनका मार्की सन्दीप लामिछाने आज बिहान नै रिटेन गरेको क्लबले घोषणा गरेको थियो । त्यसैगरी आज दिउँसो क्लबले ब्याटर लोकेश बमसहित प्रतीश जीसी, बसीर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई आगामी सिजनमा निरन्तरता दिने जानकारी दिएको हो ।

खेलाडी रिटेन सम्पन्न गरेसँगै विराटनगरले दीपक बोहोरा, मिर्नाल गुरुङ, राजेश पुलामी मगर, जितेन्द्र मुखिया, अनिल खरेल र कमल खत्रीलाई रिलिज गर्ने भएको छ । पहिलो सिजनमा कमजोर प्रदर्शन गरेको विराटनगरले सातमध्ये दुई खेलमा जित र पाँच खेलमा हार बेहोरेको थियो । उसले सो सिजनमा चितवन र लुम्बिनीलाई मात्रै हराउन सकेको थियो । 

प्रिमियर लिगमा आउँदो अक्टोबरमा दोस्रो संस्करणको अक्सन गर्ने जानकारी दिएको छ ।