उज्वेकिस्तानसँग एसियन कप छनोट खेल्न लागेको टोलीलाई प्रधानमन्त्रीको शुभकामना

असार २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
उज्वेकिस्तानसँग एसियन कप छनोट खेल्न लागेको टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौ । उज्वेकिस्तानसँग एसियन कप छनोट खेल्न लागेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिनु भएको छ ।

उज्वेकिस्तानमा रहेको नेपाली टिमलाई आज विहान जुममार्फत् प्रधानमन्त्री ओलीले जितको शुभकामना दिनु भएको हो । प्रधानमन्त्रीसँगै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य-सचिव टंकलाल घिसिङ र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले पनि खेलाडलाई जितको शुभकामना दिए ।

 एक हप्ताअघि उज्वेकिस्तान गएको नेपाली टिमले यसअघिका दुई खेलमा लाओस र श्रीलंकालाई फराकिलो अन्तरले हराएको छ । त्यसैले आज नेपाल उज्वेकिस्तानलाई हराएर पहिलो पटक एसिया कपमा छनोट हुने योजनामा छ। एसियन कपमा छनोट प्रतियोगिता सुरु भएयता नेपाल छनोट हुन सकेको छैन्। त्यसअघि भने एक पटक नेपालले सिधै क्वालिफाइ भएर खेल्ने अवसर पाएको थियो।

नेपालले सन् १९८६ मा पहिलो पटक एसियन कप खेलेको थियो। १९८९ मा दोस्रो पटक एसियन कप खेलेको नेपाल त्यसपछि भने छनोट हुन सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.