भोजपुर । भोजपुरको रामप्रसाद राई गाँउपालिका-२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ ।
भोजपुर नगरपालिका-२ हेलौँछा घर भएका राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीका उनीहरूबीच मनिषाको विषयमा विवाद भएको थियो । राजेन्द्र मनिषालाई लिन ससुराली पुगेका थिए। विवाद हुँदा सासूले आफूलाई छुरा हानेको प्रारम्भिक बयान राजेन्द्रले दिएका छन् ।
त्यसपछि आक्रोशमा आएर श्रीमतीसहित सबैको ज्यान लिएको सुरूवाती बयान उनले प्रहरीलाई दिएका छन् ।