हिमाल संरक्षणका लागि प्रस्तावना पत्र जारी

असार २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
हिमाल संरक्षणका लागि प्रस्तावना पत्र जारी

काठमाडौं । 'हिमालयन क्लाइमेट चार्टर सम्मेलन २०२५' ले जलवायु संकटका विरुद्ध हिमालको संरक्षणका लागि विश्वव्यापी पहल सुरु गर्ने प्रस्तावना पत्र जारी गरेको छ । आज काठमाडौंमा आयोजित सम्मेलनले ६ बुँदे प्रस्तावना पत्र जारी गर्दै हिमाल संरक्षण नगरे भविष्यमा नभएर वर्तमानमै चुनौतीको सामना गर्नु पर्ने निचोड निकालेको हो । 

सम्मेलनमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षणका लागि सरकार गम्भीर रहेको जिकिर गर्नुभएको थियो ।

कार्यक्रममा सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले जलवायु परिवर्तन न्यूनीकरणका कार्यक्रम कि त काठमाडौं कि त विदेशका कोठामा बसेर बनाइने हुँदा हिमालमा प्रभावहीन बन्दै गएको बताउनुभयो ।

कार्यक्रममा खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‍मा शेर्पाले हिमालमा थुप्रिएर बसेका पुरानो फोहोर सफा गर्नुपर्ने बताउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.