आईसीसी टी-२० विश्वकप : अष्ट्रेलियामाथि अफगानिस्तानको २१ रनको जित

असार ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी टी-२० विश्वकप : अष्ट्रेलियामाथि अफगानिस्तानको २१ रनको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले अष्ट्रेलियालाई स्तब्ध पारेको छ । अष्ट्रेलियाविरुद्ध कुनै पनि प्रारुपको क्रिकेटमा पहिलो पटक जित दर्ता गर्ने क्रममा अफगानिस्तान २१ रनले विजयी भयो ।

अफगानिस्तानको जितले समूह एकका चारवटै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जिवित बनेको छ । अफगानिस्तानको जितमा रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रान ब्याटिङबाट तथा गुलबदीन नईब र नविन उल हक बलिङबाट नायक सावित भए । अष्ट्रेलियाका प्याट कमिंसले ह्याट्रिक लिए पनि उसको ब्याटिङ चल्न सकेन ।

अर्नोस भेल मैदान, किंग्सटाउन, सेन्ट भिन्सेन्टमा अस्ट्रेलियाले टस जितर फिल्डिङ रोजेको थियो । अफगानिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४८ रन रनको योगफल तयार पार्‍यो । पहिलो विकेटका लागि गुर्बाज र जाद्रानले ९५ रनमा १ सय १८ रनको साझेदारी गरे । गुर्बाजले ४९ बलमा ६० रन बनाएर बाहिरिए । इब्राहिम जाद्रानले ४८ बलमा ५१ रनको इनिङ खेले । तर त्यसपछि भने अफगानिस्तानले राम्रो ब्याटिङ गर्न सकेन । करिम जनातले १३ र मोहम्मद नाबीले १० रन बनाए । अष्ट्रेलियाका प्याट कमिंसले ह्याट्रिक विकेट लिए । उनको यो लगातार दोस्रो खेलमा ह्याट्रिक हो । उनी टी-२० विश्वकपमा दुई ह्याट्रिक लिने पहिलो बलर बनेका छन् ।

जवाफमा १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया ४ बल बाँकी रहँदै १ सय २७ रनमा अल आउट भयो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४१ बलमा ५९ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन् । मिचेल मार्शको १२ रन बनाए । अफगानिस्तानको जितमा गुलबदिन नैवले ४ तथा नभिन उल हकले ३ विकेट हात पारे ।

यससँगै अफगानिस्तानले २०२३ एकदिवसीय विश्वपकपमा बेहोरेको हारको बदला लिएको छ । अफगानिस्तानको जितपछि सुपर एट समूह एकबाट सेमिफाइनल पुग्ने दौड रोचक बनेको छ । भारतको २ खेलबाट ४ अंक रहेको छ भने अफगानिस्तान र अष्ट्रेलियाको समान २-२ र बंगलादेश अंकविहीन छ । आजको खेलमा अष्ट्रेलिया विजयी भएको भए भारत र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गर्ने थिए । तर यस नतिजाले समूहमा रहेका चारवटै टोलीको सेमिफाइनल पुग्ने सम्भावनालाई जिवित राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.