कुशल मल्ल २७ रन बनाएर आउट, गुलशन र दीपेन्द्र पनि आउट

जित्न ७ बलमा २२ रन बनाउनु पर्ने
असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कुशल मल्ल २७ रन बनाएर आउट, गुलशन र दीपेन्द्र पनि आउट

सेन्ट भिन्सेन्ट । कुशल मल्ल २७ रन बनाएर आउट भएका छन् । मल्लले एक छक्का एक चौका हाने । 

उनलाई बंगलादेशका मुस्ताफिजुरले आउट गराएका हुन् । यस्तै गुलशन झा शून्य रनमा आउट भएका छन् । गुलसनलाई तास्किन अहमदले आउट गराएका हुन् । यस्तै दीपेन्द्र पनि आउट भएका छन् ।

७ विकेटको क्षतिमा नेपालको ८५ रन बनाएको छ । ६ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले ५२ रनको साझेदारी गरेका हुन् । मल्ल आउट भएपछि ऐरीले छक्का प्रहार गरेका थिए ।

सम्बन्धित समाचार...

१९.३ ओभरमा बंगलादेश अल आउट, नेपालले पायो १ सय ७ रनको लक्ष्य


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.