फ्रेन्च कपको उपाधि पीएसजीलाई

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
फ्रेन्च कपको उपाधि पीएसजीलाई

काठमाडौं । फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ । गए राति सम्पन्न फाइनल खेलमा पीएसजीले लियोनलाई २-१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । पीएसजीको जितमा औसमाने डेम्बेले र फावियन लुइजले गोल गरे । लियोनका ज्याक ओ ब्राइनले एक गोल फर्काए ।

डेम्बेलेले २२औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । फावियनले ३४ औं मिनेटमा अग्रता दोब्बर बनाए । लियोनको लागि ५५औं मिनेटमा ओब्रियनले सान्तोना गोल फर्काए । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसकेपछि पीएसजी च्याम्पियन बन्यो ।

पीएसजीले यस सिजनको लिग वानसमेत जितिसकेको छ । यससँगै पीएसजीले युवा स्ट्राइकर केलियन एम्बाप्पेको सुखद् बिदाइ गरेको छ । पछिल्लो १२ वर्षमा ११ लिग उपाधि जिते पनि च्याम्पियन्स लिग उपाधिविहीन भएपछि एम्बाप्पेले यस सिजनको अन्य सँगै स्पेनिस जायन रियाल मड्रिड जाने तयारीमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.