पाकिस्तानविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा इङल्यान्ड विजयी

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा इङल्यान्ड विजयी

काठमाडौं । इङल्यान्डले चार खेलको टी-२० सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई २३ रनले पराजित गरेको छ । जितसँगै सिरिजमा इङल्यान्डले १-० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

गए राति बर्मिङ्घम मैदानमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको थियो । इङल्यान्डले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । इङल्यान्डका ओपनर फिल साल्ट मात्र १३ रन बनाएर आउट भए । कप्तान जोस बटलरले ५१ बलमा ८४ रनको इनिङ्स खेले । विल ज्याकले ३७ जोडे । पाकिस्तानका शाहिन अफ्रिदीले ३ विकेट लिए । इमाद वासिम र हरिस रउफको नाममा २-२ विकेट रह्यो ।

जवाफमा पाकिस्तान १९ ओभर २ बलमा १ सय ६० रनमा अल आउट भयो । पाकिस्तानका लागि फखर जमानले २१ बलमा सर्वाधिक ४५ रन बनाए । कप्तान बाबर आजम ३२ रन बनाएर आउट भए । इतिखार अहमद र इमाद वासिनबीच ४० रनको साझेदारी भयो । अहमद २३ रन ववासिम २२ रनमा बाहिरिए । इङल्यान्डका लागि रिसि टोपलेले ३ विकेट लिए । ३ सय ८५ दिनपछि पिचमा फर्किएका जोफ्रा आर्चरले २ विकेट लिए । मोइन अलीको नममा पनि २ विकेट रह्यो ।

दुई देशबीचको तेस्रो खेल मंगलबार र चौथो खेल बिहीबार खेलिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.