राजस्थानलाई हराउँदै हैदरावाद तेस्रोपटक आईपीएलको फाइनलमा

उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग भिड्ने
जेष्ठ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजस्थानलाई हराउँदै हैदरावाद तेस्रोपटक आईपीएलको फाइनलमा

काठमाडौं । सनराइजर्स हैदरावाद तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । गए राति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावाद फाइनलमा प्रवेश गरेको हो । अव १७औं संस्करणको उपाधिका लागि सनराईजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्ने छन् ।

२०१८ मा उपविजेता भएको हैदरावाद ६ वर्षपछि फाइनलमा पुगेको हो । चेन्नईमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि हेनरिक क्लासनले सर्वाधिक ५० रन बनाए । राहुल त्रिपाठीले ३७ र ट्राभिस हेड ३४ रन रनमा आउट भए । राजस्थानका लागि ट्रेन्ट बोल्ट र आवेश खानले ३-३ विकेट लिए ।

जवाफमा राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउनसक्यो । ध्रुव जुरेलले सर्वाधिक ५६ रन बनाए । ओपनर यशस्वी जैसवालले ४२ रनको योगदान दिए पनि अन्य ब्याटरको प्रदर्शन खास राम्रो हुन सकेन । हैदरावादका शाहबाज अहमदले ३ तथा अभिषेक शर्माले २ विकेट लिए ।

पहिलो क्वालिफायरमा कोलकाताले हैदरावादलाई पराजित गरेको थियो । हैदरावादले दोस्रो क्वालिफायरमा राजस्थानलाई पराजित गरेपछि कोलकातासँगको उपाधि भिडन्त पक्का गर्‍यो । फाइनल खेल आइतबार हुँदैछ । कोलकाता दुई पटकको विजेता हो भने हैदरावादले एक पटक आईपीएल जितेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.