तेस्रो टी-ट्वेन्टीमा पाकिस्तानलाई हराउँदै न्युजिल्यान्ड ७ विकेटले विजयी

वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
तेस्रो टी-ट्वेन्टीमा पाकिस्तानलाई हराउँदै न्युजिल्यान्ड ७ विकेटले विजयी

काठमाडौं । तेस्रो टी-ट्वेन्टी खेलमा पाकिस्तानलाई हराउँदै न्युजिल्यान्डले ५ खेलको शृङ्खलामा १-१ को बराबरी गरेको छ ।

रावलपिन्डी क्रिकेट रंगशालामा गएराति भएको खेलमा न्युजिल्यान्ड ७ विकेटले विजयी भएको हो । न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । 

युवा ओपनर साम अयुब र कप्तान बाबर आजमले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरे । अयुबले २२ बलमा ३२ रनको इनिङ खेले । बाबर आजम ३७ रन बनाएर आउट भए । शादाब खान ४१ रन बनाएर आउट भए । इरफान खान ३० रनमा अविजित फर्किए । किवी टोलीका लागि अनुभवी स्पिनर इश सोधीले सर्वाधिक २ विकेट लिए । ज्याकब डफी र माइकल ब्रेसवेलको नाममा १-१ विकेट रह्यो । 

जवाफमा १ सय ७९ रनको लक्ष्य पाहुना टोलीले १० बल बाँकी रहँदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।  किवीका लागि मार्क च्यापम्यानले ४२ बलमा ८७ रनको अविजित इनिङ खेले । उनी खेलको प्लेयर अफ दि म्याच चुनिए । पाकिस्तानका अब्बास अफ्रिदीले दुई तथा नसिम शाहले एक विकेट लिए । सिरिजको पहिलो खेल वर्षाले रद्द हुँदा दोस्रो खेल पाकिस्तानले ७ विकेटले जितेको थियो । 

शृंखलाको चौथो टी-२० खेल बिहीबार खेलिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement