आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’लाई १५८ रनको लक्ष्य दियो

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’लाई १५८ रनको लक्ष्य दियो

काठमाडौं । आयरल्यान्ड उल्भ्सले नेपाल ‘ए’लाई १५७ रनको लक्ष्य दिएको छ।आयरल्यान्ड उल्भ्स र नेपाल ‘ए’बीचको पहिलो वान डे खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको हो।

आयरल्यान्डका कार्माइकलले सर्वाधिक ५१ रन बनाए। यस्तै कप्तान निल रक ३९,पिटर मूर २१, जेम्स म्याकमुलम १२ र स्टेफिन डोहेनी १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका लागि कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। यस्तै साहब आलम र श्याम ढकालले समान २-२ विकेट लिए भने रिजन ढकालले १ विकेट लिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.