नेपाल-ए र क्यानाडा-११ बीच एक दिवसीय सिरिजको अन्तिम खेल आज

फाल्गुन १०, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल-ए र क्यानाडा-११ बीच एक दिवसीय सिरिजको अन्तिम खेल आज

काठमाडौं । नेपाल-ए टिमले आज क्यानाडा-११ सँगको एक दिवसीय सिरिज अन्तर्गत निर्णायक खेल खेल्दैछ । तीन खेलको एक दिवसीय सिरिज अन्तर्गतको तेस्रो खेल बिहान सवा ९ बजेदेखि मूलपानी हुँदैछ ।

क्यानाडा-११ सँगको आफ्नो पहिलो खेलमा ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा भने क्यानाडालाई २ विकेटले हराएको थियो। सिरिज अहिले एक–एकको बराबरीको अवस्थामा छ । दोस्रो खेलमा क्यानाडालाई हराएपछि भने नेपाल-ए का खेलाडी आत्मविश्वासी बनेका छन् । 

नेपाली टिममा दोस्रो रोजाईका खेलाडी रहे पनि ओडीआई मान्यता प्राप्त क्यानडासँग पहिलो रोजाईका खेलाडी छन् । नेपाली टिमका लेफ्ट आर्म स्पिनरले पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका थिए । दोस्रो खेलमा अर्जुन कुमाल, सन्दीप जोरा, बसिर अहमद र राशिद खानले सानदार ब्याटिङ गरेर क्यानाडालाई हराएका थिए । 

नेपाल आज सिरिज जित्ने लक्ष्यमा छ। नेपालको टिमबाट हेमन्त धामी, आशुतोष घिरैया र सुजन थपलियाले अवसर पाएका छैनन् । प्रशिक्षक कलाम अली र ज्ञानेन्द्र मल्लले यी खेलाडीलाई अन्तिम खेलमा परीक्षण गर्ने सम्भावना छ । क्यानाडाको टिम आईसीसी विश्वकप लिग टुको त्रिकोणात्मक शृङ्खलाको अन्तिम तयारीमा छ । सोही अनुसार क्यानाडाले नेपाल ए सँग सिरिज खेलेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.