नामिबियासँग २ विकेटले नेपाल स्तब्ध

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
नामिबियासँग २ विकेटले नेपाल स्तब्ध

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टुको पहिलो त्रिकोणात्मक सिरिजको दुवै खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

आज सम्पन्न खेलमा घरेलु टोली नेपाल नामिबियासँग २ विकेटले स्तब्ध भयो । पहिलो खेलमा टिम इगल्सले नेपालविरुद्ध ४ विकेटको जित दर्ता गरेको थियो । यस जितले नामिबिया लिग-टूको शीर्ष स्थानमा उक्लिएको छ ।

आक्रामक सुरुवात गरे पनि पहिलो पावरप्लेमै ३ विकेट गुमाएपछि नेपाल दबाबमा आएको थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ सेखले ३८ रनको साझेदारी गरे । बेरनार्ड स्कोल्ट्जले छैटौं ओभरमा मेडन राख्दै २ विकेट लिए । कुशलले १८ रन बनाउँदा अनिल साहले खाता खोल्न सकेनन् ।

देव खनालको पनि खाता खुलेन । सर्वाधिक ५८ रन बनाएका आसिफ स्कोल्ट्जको बलमा बाहिरिए । यो उनको १२ ओडीआई अर्धशतक हो । कप्तान रोहितकुमार पौडेलले खाता खोल्न सकेनन् । कुशल मल्ल ३६, दीपेन्द्रसिंह ऐरी ९, सोमपाल कामी ४ र भीम सार्की २६ रनमा आउट भए । करण केसी १२ रनमा आउट भएपछि नेपालको इनिङ्स समाप्त भयो ।

नामिबियाका स्कोल्ट्ज र जन निकोल लोफ्टी-इटनले ४-४ विकेट लिएपछि नेपालको ब्याटिङ अडर धराशायी बनेको हो ।

जवाफमा नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पहिलो विकेटका रुपमा बाहिरिएका निकोलस डाभिन ८ रनमा आउट भए । पियर कोट्जीले ३ रन मात्र जोड्न सके ।

माइकल भान लिंगेनल ३१ रनको व्यक्तिगत स्कोरमा कुशल मल्लको सिकार भए । जन फ्राइलिंक ४ रनमा दीपेन्द्रको एलबीडब्ल्यू धरापमा पर्दा कप्तान गेर्हार्ड इरास्मसले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । लोफ्टी-इटन ५ रनमा आउट भए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.