काठमाडौं । रुविना क्षेत्री अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा रुविनाले मालदिभ्सविरुद्ध १ सय १८ रनको अविजित इनिङ्स खेलेकी हुन् ।
पूर्वकप्तान रुविनाले १८ औँ ओभरमा ५३ बलमा शतक प्रहार गरेकी हुन् । उनले नाब्बा बिन्थु नासिमको बलमा चौका प्रहर गर्दै कीर्तिमान रचिन् ।
यसअघि नेपाली महिला खेलाडीको उच्च स्कोर सिता राना मगरको नाममा थियो । उनले सन २०२१ नोभेम्बरमा कतारविरुद्ध अविजित ८२ रन जोडेकी थिइन् ।
रुविनाले ५९ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गरिन् । उनको यसअघिको उच्च रन ५० थियो । जुन रुविनाले कतारविरुद्ध प्रहार गरेकी थिइन् ।