एसीसी वुमन्स प्रिमियर कपमा आज नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै

फाल्गुन १, २०८० |कान्तिपुर टीभी संवाददाता
एसीसी वुमन्स प्रिमियर कपमा आज नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ ।

वाईएसडी वाईकेएम ओभल, बांगीमा खेल बिहान सवा ११ बजे सुरु हुने छ । लगातार २ खेलमा जित हात पारेको नेपाल समूहको अन्तिम खेलमा मालदिभ्सलाई पराजित गर्दै समूह डीको विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा भुटानविरुद्ध पनि ८ विकेटले नै विजयी भएको थियो । 

सुरुवाती दुई खेलमा जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको मालदिभ्स पहिलो जितसहित प्रतियोगिता समाप्त गर्ने योजनमा हुने छ । मालदिभ्स आफ्नो पहिलो खेलमा भुटानसँग ९४ र दोस्रो खेलमा हङकङसँग १ सय ७२ रनको फराकिलो अन्तरले पराजित भएको थियो । 

समूह डीमा अपराजित एकमात्र टोली नेपालको २ खेलमा ४ अंक छ । 

प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्‍वार्टटरफाइनल प्रवेश गर्ने छन् । फाइनलमा पुग्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कपमा स्थान बनाउने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.