वाफ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा (नामसहित)

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
वाफ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा (नामसहित)

काठमाडौं । वाफ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले सबिना चौधरी, सरस्वती हमाल र चन्द्र भण्डारीलाई नयाँ खेलाडीका रुपमा राख्दै टिम घोषणा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सूचना जारी गर्दै अन्तिम टोलीमा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरेको हो । नेपाली टिमको गोलकिपरमा कप्तान एन्जिला तुम्बाप्पो सुब्बासहित अञ्जना राना मगर र उषा नाथ छन् ।

नेपाली टिमको डिफेन्स लाइन गीता राना, अमृता जैशी, हीराकुमारी भुजेल, विमला बीके, निशा थोकर, पूजा राना र समीक्षा घिमिरेले सम्हाल्नेछन् । नेपाली टिमको मिडफिल्डमा अनीता बस्नेत, प्रिति राई, दीपा शाही, विमला चौधरी, चन्द्रा भण्डारी र सरस्वती हमाल छन् ।

नेपाली टोलीको अग्रपंतिमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सबिता रानामगर रहनेछन् । पश्चिम एसियाली फुटबल संघ (वाफ) ले आयोजना गर्ने प्रतियोगितामा नेपाल आमन्त्रित टोलीका रुपमा सहभागी हुन लागेको हो । आठ टोली सहभागी रहने च्याम्पियनसिपमा नेपाल प्यालेस्टाइन, सिरिया र इराकसँगै समूह ‘बी’मा छ ।

नेपालले पहिलो खेलमा सिरियासँग फेब्रुअरी २० मा खेल्नेछ । प्रतियोगिता साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ । नेपाली टिम अहिले बन्द प्रशिक्षणमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.