एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको दुई-एक गोलको जित

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको दुई-एक गोलको जित

काठमाडौं । प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि दुई-एक गोलको जित हात पारेको छ ।

एस्टन भिल्लाको मैदानमा युनाइटेडले खेलको १७ औँ मिनेटमा रास्मस होइलुन्डको गोलमार्फत अग्रता बनाएको थियो ।  होइलुन्डको सबै प्रतिस्पर्धामा गरी पछिल्ला ७ खेलमा क्लबका लागि यो छैटौँ गोल हो । 

पहिलो हाफमा अघि रहेको युनाइटेडको अग्रता डग्लास लुइसले तोडेका थिए । उनले ६७ औँ मिनेटमा गोल गरेपछि खेल एक-एकको बराबरीमा पुग्यो । तर ८६ औँ मिनेटमा स्कट मेक्टोमिनीले गोल गरेपछि एरिक टेन हाखको टोलीले तीन अंक हात पार्‍यो । 

युनाइटेडले च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष गरिरहेको छ । सबै प्रतिस्पर्धामा युनाइटेडको यो लगातार चौथो जित हो । छैटौँ स्थानमा रहेको उसको २४ खेलबाट ४१ अंक छ । पटक-पटक युनाइटेडका गोलकिपर आन्द्रे ओनानालाई परीक्षण गरेको एस्टन भिल्ला भने अंक लिन असफल भयो । 

भिल्ला ४६ अंकका साथ पाँचौँ स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.