एसिया कपको उपाधि लगातार दोस्रो पटक आयोजक कतारलाई

फाइनलमा जोर्डन ३-१ गोलले पराजित
अक्रम अफिफको ह्याट्रिक
माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
एसिया कपको उपाधि लगातार दोस्रो पटक आयोजक कतारलाई

काठमाडौं । कतारले लगातार दोस्रो पटक एफसी एसिया कपको उपाधि जितेको छ । गएराति लुसेल रंगशालामा सम्पन्न फाइनलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतार च्याम्पियन बनेको हो ।

साबिक विजेतासमेत रहेको कतारको उपाधि रक्षाका लागि अक्रम अफिफले पेनाल्टीमा ह्याट्रिक गरे । अफिफ प्रतियोगितामा ८ गोल गर्दै सर्वाधिक गोलकर्ता बने । 

२२ औँ मिनेटमा आफैंमाथि फउल भएपछि पाएको पेनाल्टीमा अफिफले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको जोर्डनले ६७ औँ मिनेटमा बराबरी गोल फर्कायो । यजान अल-नैमातले गोल बराबरी गोल फर्काएका हुन् । ७२ औँ मिनेटमा कतारले दोस्रो पेनाल्टी पायो । इस्माइल मोहम्मदलाई महमुद अल-मार्डीले फउल गरेपछि प्राप्त पेनाल्टीमा अफिफले कुनै गल्ती गरेनन् । 

स्टपेज टाइममा जोर्डनको अफसाइड ट्र्यापलाई असफल बनाउँदै अघि बढेका अफिफलाई जोर्डनका गोलकिपर याजिद अबुलैलाले फउल गरेपछि कतारले तेस्रो पेनाल्टी पायो । उक्त अवसरको सदुपयोग गर्दै अफिफले पेनाल्टीमा ह्याट्रिक गरे । यससँगै कतार २००४ मा जापानपछि आफ्नो  एसिया कपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्यो । 

बक्सभित्र लगातार गल्ती गर्नु जोर्डनका लागि महँगो सावित भयो । सेमिफाइनलमा दक्षिण कोरियालाई २-० ले पराजित गर्दै फाइनल पुगेको जोर्डन उपविजेतामा चित्त बुझाउन  बाध्य भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement