स्पेन । स्पेनिस ला लिगामा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १ - ० गोलले हराएको छ । गएराति भएको खेलमा जोआ फेलिक्सले आफ्नै पूर्व क्लबविरुद्ध गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।
एट्लेटिकोबाट एक सिजन लामो लोनमा रहेका पोर्चुगिज फरवार्डले खेलको २८ औं मिनेटमा गोल गरेका हुन् । जन ओब्ल्याकबाट पाएको बलमा उनले गोल गरेका थिए । तर एट्लेटिकोलाई बराबरी गर्नका लागि मेम्फिस डिपायन निकै नजिक पुगे पनि गोल गर्न सकेनन् ।
यता रोबर्ट लेवान्डोस्कीले गोलका निकै महत्वपूर्ण अवसर गुमाएपछि बार्सिलोनाले थप गोल गर्न नसकेको हो । यद्यपि संघर्षपूर्ण जितपछि बार्सिलोना लिगको तेस्रो स्थानमा पुगेको छ । बार्सिलोना पहिलो र दोस्रो स्थानको रियल मड्रिड र जिरोनाभन्दा चार अंकले पछि छ ।
ला लिगामा गएराति सेभियाले भिल्ला रियलसँग १ - १ गोलको बराबरी खेलेको छ।