काठमाडौं । नेपाल २९ स्वर्ण जितेर सातौं संस्करणको दक्षिण एसियाली कराते च्याम्पियनसिपको विजेता बनेको छ । स्थानीय व्यवस्थापक नेपाल कराते महासंघले दिएको जानकारीअनुसार नेपालले २९ स्वर्णसहित ५७ पदक जितेको हो ।
६ देशको सहभागिता रहेको प्रतिस्पर्धामा भारतले २५ स्वर्ण जितेको छ । बंगलादेशले तीन स्वर्ण जितेको छ । श्रीलंकाले एक स्वर्ण हासिल गरेको छ ।
श्रीलंकाको कराते संघ प्रतिबन्धित भएका कारण ओलम्पिकको झन्डामा त्यहाँका खेलाडी सहभागी बनेका थिए । दक्षिण एसियाली च्याम्पियनसिपमा ६ देशका २३७ खेलाडीको सहभागिता थियो । ६२ स्वर्णका प्रतिस्पर्धामा अन्डर ट्वेन्टी वान, क्याडेट सिनियर पुरुष र महिला गरी चार विधाका खेलाडी सहभागी थिए ।