न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा बंगलादेश १५० रनले विजयी

मंसिर १६, २०८० |कान्तिपुर टीभी संवाददाता
न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा बंगलादेश १५० रनले विजयी

काठमाडौं । न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा बंगलादेश १ सय ५० रनले विजयी भएको छ । घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध टेस्टमा बंगलादेशको यो पहिलो जित हो । योसँगै घरेलु टोलीले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ ।

यसअघि बंगलादेशले गत वर्ष न्युजिल्यान्डकै मैदानमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेपछि दुई टेस्टको शृंखला १-१ को बराबरीमा सकिएको थियो ।

सिल्हटमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा ३ सय १० रन बनाएको थियो भने उसले भ्रमण टोलीलाई ३ सय १७ रनमा रोकेको थियो ।

बंगलादेशका लागि दोस्रो इनिङ्समा कप्तान नजमुल हुसेन शान्तोले शतक प्रहार गरे । उनले १ सय ५ रनको बलियो इनिङ खेलेका थिए । मुस्फिकुर रहिमले ६७ रन र मेहदी हसन मिराजले ५० रनको इनिङ खेलेर टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । बंगलादेशले दोस्रो इनिङ्समा ३ सय ३८ रन बनाएपछि न्यूजिल्यान्डले ३ सय ३२ रनको लक्ष्य पाएको थियो ।

दोस्रो इनिङ्समा किवी टोलीले १ सय ८१ रन मात्रै बनाउन सकेपछि बंगलादेश १ सय ५० रनले विजयी भएको हो । चौथो दिनको खेल समाप्त हुँदा न्यूजिल्यान्डले ४९ ओभरमा ७ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । अन्तिम दिन न्युजिल्यान्डलाई जितका लागि २ सय १८ रन आवश्यक थियो । भने बंगलादेशलाई जितका लागि ३ विकेट चाहिएको थियो । ताजामुल अन्तिम इस्लामले दुई विकेट लिएपछि न्युजिल्यान्ड स्तब्ध हुन पुग्यो । उनले पहिलो इनिङ्समा ४ र दोस्रो इनिङ्समा ६ विकेट लिए ।

योसँगै बंगलादेश पछिल्लो २४ महिनामा दोस्रो पटक न्युजिल्यान्डविरुद्धको टेस्ट म्याच जित्न सफल भएको छ । दुई देशबीचको दोस्रो तथा अन्तिम टेस्ट शेरे बंगला राष्ट्रिय रंगशाला, ढाकामा बुधबार सुरु हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.