पाँचथर । आयोजक पाँचथर जिल्ला फुटबल क्लब, प्रथम किरात गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार फिदिममा सुरु भएको प्रतियोगितामा मितेरी क्लबलाई २- ० गोलले हराउँदै आयोजक टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
पहिलो हाफमा मितेरीसँग गोलरहित बराबरीमा खेलेको पाँचथरका तर्फबाट शुक्रराज राईले ६६ औं मिनेटमा शुरुवाती अग्रता दिलाए। त्यसैगरी विशाल भण्डारीले दोस्रो हाफको अन्तिम समयमा अर्को गोल थपेपछि पाँचथर विजयी भयो।
गोलकर्ता भण्डारी म्यान अफ दि म्याच घोषित भए। प्रतियोगितामा आइतबार डी एफसी मोरङ र रेडहर्स इलामबीच खेल हुनेछ। प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहाभागी छन्। गोल्डकपको उपाधि जित्ने टिमले नगद चार लाख चार हजार तथा दोस्रो हुनेले २ लाख दुई हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।