फियोरेन्टिना र वेस्टह्यामबीच उपाधि भिडन्त आज

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
फियोरेन्टिना र वेस्टह्यामबीच उपाधि भिडन्त आज

काठमाडौं । युरोपा कन्फरेन्स लिगको उपाधिका लागि आज इटालीको फियोरेन्टिना र इंग्लिस क्लब वेस्टह्यामबीच प्रतिस्पर्धा हुँदैछ ।

चेक रिपब्लिकको प्रागमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । १९ हजार ३ सय ७० दर्शक क्षमता भएको फोर्चुना एरिनामा वेस्टह्यामका चार हजार ९० समर्थक पुगेका छन् । दुवै टिमका लागि लामो समय देखिको उपाधि खडेरी तोड्ने यो सुनौलो अवसर हो ।

वेस्टह्यामले यसअघि ४३ वर्ष पहिले अर्थात सन् १९८० मा एफए कप उपाधि जितेको थियो । वेस्टह्याम प्रशिक्षक डेविड मोयस पनि आफ्नो यति लामो करियरमा अहिलेसम्म ठूलो प्रतियोगिताको च्याम्पियन बन्न सकेका छैनन् । सन् १९९८ देखि प्रशिक्षणमा सक्रिय मोयसको अहिलेसम्मको ठूलो उपलब्धी बनेको १९९९–२००० मा प्रिस्टोनबाट तेस्रो डिभिजनको उपाधि र २०१३ मा म्यानचेस्टर युनाइटेडका लागि कम्युनिटी शिल्ड जित्नु हो ।

प्रि-म्याच कन्फरेन्समा बोल्दै मोयसले आफ्ना लागि आजको फाइनल महत्वपूर्ण भएको बताए । यदि आज फियोरेन्टिनालाई हराए वेस्टह्याम अर्को सिजनको युरोपा लिगमा पनि छनोट हुनेछ । हारले भने उसको युरोपियन प्रतिस्पर्धा समाप्त हुनेछ । यता फियोरेन्टिना पनि ३२ वर्षपछि पहिलो पटक युरोपियन प्रतिस्पर्धाको फाइनल खेल्दैछ । जारी सिजनको फाइनलसम्म पुग्दा फियोरेन्टिनाले १४ खेलमा ३६ गोल गरेको थियो । युरोपमा फियोरेन्टिनाले यसअघि १९६१ र वेस्टह्यामले १९६५ मा उपाधि जितेका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.