स्पेनिस ला लिगा : करिम बेन्जेमाको गोलले रियाल र बिल्बाओ १-१ को बराबरी

जेष्ठ २२, २०८०
स्पेनिस ला लिगा : करिम बेन्जेमाको गोलले रियाल र बिल्बाओ १-१ को बराबरी

सान्तियागो । लेजेन्ड करिम बेन्जेमाले रियाल मड्रिडबाट आफ्नो अन्तिम खेलमा गोल गरेका छन् । स्पेनिस ला लिगामा उनले गरेको गोलसँगै रियालले एथ्लेटिक बिल्बाओसँग एक-एक गोलको बराबरी गर्‍यो ।

सान्तियागो बर्नाबेउमा भएको खेलको पहिलो हाफमा गोल भएन् । ओइयान सानसेटले दोस्रो हाफ सुरु भएको मात्रै चार मिनेटमा गोल गरे । ७२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गरी टिमलाई हारबाट जोगाएका हुन् । इडर मिलिटाओलाई बक्समा फउल गरेपछि पाएको पेनाल्टीमा बेन्जेमाले सहजै फिनिसिङ गरेका हुन् । सिजनको अन्तिम खेलमा रियालले जित हात पार्ने सुनौलो मौका गुमायो ।

रोद्रिगोले पोस्ट नजिकैबाट गरेको प्रहार बाहिरियो । अन्त्यतिर भिनिसियस जुनियरले गरेको प्रहार बारमा लागेर फर्कियो । खेल सकिएपछि घरेलु समर्थक तथा रियालका पदाधिकारीले बेन्जेमालाई बिदाइ गरेका थिए । क्लबका सर्वाधिक गोलकर्तामध्येका एक बेन्जेमा १४ वर्ष रहँदा सबैखाले सफलता हात पारे । उनले बर्नाबेउमा पाँच च्याम्यिन्स लिग, चार ला लिगासहित २५ वटा ट्रफी उचालेका थिए ।

उनी अब साउदी अरेबिया जाने पक्का भइसकेको छ । यस्तै क्लबले इडेन हाजार्ड मार्को असेन्सियोलाई बिदाइ गरेको छ। दोस्रो स्थानमा रहेको रियालले ३८ खेलबाट ७८ अंक जोड्दै यो सिजन टुंग्यायो । शीर्ष स्थानको बार्सिलोनाको १० अंक रह्यो । बार्सा गएराति सेल्टाभिगोमा दुई-एक गोलले पराजित भयो ।