सहिद स्मारक ए डिभिजन लिग : मछिन्द्र-सातदोबाटो र थ्री स्टार-संकटा आमनेसामने

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन लिग : मछिन्द्र-सातदोबाटो र थ्री स्टार-संकटा आमनेसामने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) साबिक विजेता मछिन्द्र फुटबल क्लब र सातदोबाटो युवा क्लब आमनेसामने हुँदै छन् । यो खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फाको मैदानमा हुँदै छ ।

उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको मछिन्द्र आज सातदोबाटोलाई हराउँदै पुनः दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । मछिन्द्र २२ खेलबाट ३६ अंकसहित तेस्रो स्थानमा छ । मछिन्द्र पछिल्ला ६ खेलयता अपराजित छ ।

सातदोबाटो तीन खेलदेखि जितविहीन छ । उसले अघिल्ला तीन खेलमा मात्रै एक गोल गर्दा सात गोल खाएको छ ।

यसैबीच च्यासल मैदानमा थ्रीस्टार र रेलिगेसन ब्याटलमा रहेको संकटाबीच प्रतिस्पर्धा हुँदै छ । रेलिगेसन जोनभन्दा दुई स्थान र दुई अंकले माथि रहेको थ्रीस्टारको २६ अंक छ । जारी लिगमा मेघराज केसीको टोली थ्रीस्टार लगातार ११ खेलदेखि जितविहीन छ । २६ अंकसहित संकटा १२औं स्थानमा छ । यी दुवैको लक्ष्य रेलिगेसन जोनबाट दूरी बनाउँदै शीर्ष १० भित्र अटाउने हुनेछ ।

सुडानमा द्वन्द्वरत पक्षबीच ५ दिन युद्धविराम लम्ब्याउने सहमतिको पालना भएन / राजधानी खार्तुम र आसपासका क्षेत्रमा भिडन्त जारी । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.