साफ च्याम्पियनसिपका लागि पहिलो चरणमा नेपालका ३० खेलाडी बन्द प्रशिक्षणमा

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
साफ च्याम्पियनसिपका लागि पहिलो चरणमा नेपालका ३० खेलाडी बन्द प्रशिक्षणमा

फाइल तस्बिर

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले साफ च्याम्पियनसिपका लागि पहिलो चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेकाले प्रशिक्षक भिन्चेन्सोले साफका लागि अभ्यास गराउन पाएका छैनन् । गोलकिपर विशाल श्रेष्ठ, मिडफिल्डर विक्रम लामा, डिफेन्डर देवेन्द्र तामाङ र सुदीप गुरुङले पुनरागमन गरेका छन् ।

घरेलु मैदानमा भएको थ्रि-नेसन्स कप खेलेका अभिषेक बराल, भरत खवास, आदित्य चौधरी, विकास खवास, कमल थापा, सुमित श्रेष्ठ, पदम भट्टराई भने यो पटक अटाएनन् ।

हाल भिन्चेन्सोले लिगको ब्रेकको दिन रणनीतिक प्रशिक्षण गराउँदै आएका छन् । लिग आगामी जेठ २७ गते सकिनेछ ।

भारतमा हुने साफ असार ६ गतेदेखि सुरु हुनेछ । नेपाल रहेको समूह ‘ए’ मा भारत, कुवेत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, भुटान, लेबनान र माल्दिभ्स छन् । नेपाल साविक उवविजेता र भारत विजेता हुन् । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.