काभा महिला भलिबल च्यालेन्ज कप : फाइनलमा भारत, उज्वेकिस्तान ३-० ले पराजित

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
काभा महिला भलिबल च्यालेन्ज कप : फाइनलमा भारत, उज्वेकिस्तान ३-० ले पराजित

काठमाडौं । भारत काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ । भारतले पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई सोझो सेटमा पाराजित गर्‍यो ।

भारत पहिलो सहभागितामै उपाधिनजिक पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा उपाधि दाबेदार भारत तीन-शून्यको सेटमा सहज जित निकाल्न सफल भयो ।

पहिलो सेट २५-१७ ले सहजै हात पारेको भारतले दोस्रो सेटमा सामान्य चुनौती बेहोर्‍यो । दोस्रो सेटमा भारत १०-४ ले पछि परेको स्थिति उल्टाउन सफल भयो । उक्त सेट भारतले २५-२० ले हात पार्‍यो । तेस्रो सेट भने सहजै २५-१५ ले जितेपछि भारत पहिलो सहभागितामै फाइनल पुगेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.