काभा महिला भलिबल च्यालेन्ज कप : भारतसँग ३-१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेता

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
काभा महिला भलिबल च्यालेन्ज कप : भारतसँग ३-१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेता

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा घरेलु टोली नेपालले पहिलो पराजय बेहोरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग तीन-एकको सेटमा पराजय बेहोरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा भएको खेलको पहिलो सेटमा भारतले सहजै २५-१२ ले जित्यो । दोस्रो सेट निकै रोमाञ्चक बनेको थियो । आधा घण्टाभन्दा बढी समय लागेको दोस्रो सेटमा नेपालले सुरुवाती समयमा अग्रता बनाए पनि त्यसलाई अन्तिमसम्म निरन्तरता दिन सकेन । दोस्रो सेट नेपालले २६-२४ ले गुमायो ।

त्यसपछिको तेस्रो सेटमा नेपाल २५-२१ ले विजयी हुँदै पुनरागमनको संकेत गरेको थियो । चौथो सेटमा पनि नेपालले कडा चुनौती दिएको थियो । एक समय अग्रतासमेत बनाए पनि यो सेट भारतले २५-२१ ले जित्दै नतिजा ३-१ ले आफ्नो बनायो । यो जितपछि भारत समूह एको विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ ।

अपराजित भारतको ९ अंक छ । यस्तै नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो पराजय बेहोरेको नेपालको ६ अंक छ ।

यो पनि..

काभा महिला भलिबलमा कीर्गिस्तानको सान्त्वना जित
काभा महिला भलिबल च्यालेन्ज कप : कजाकस्तान बन्यो समूह बीको च्याम्पियन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.