काभा महिला भलिबलमा कीर्गिस्तानको सान्त्वना जित

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
काभा महिला भलिबलमा कीर्गिस्तानको सान्त्वना जित

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा कीर्गितस्थानले सान्त्वना जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा बंगलादेशलाई हराउदै कीर्गिस्तानले सान्त्वना जित दर्ता गरेको हो ।

कीर्गिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । कीर्गिस्तानले पहिलो सेट २५-१६ ले जितेको थियो । यस्तै दोस्रो सेट २५-११ र तेस्रो सेट २५-२० ले जितेको हो ।

प्रतियोगिताबाट बाहिरिसकेको कीर्गिस्तानले समूह चरणको खेल सात्वना जितका साथ सकाएको छ । जितपछि ३ अंक जोडेको कीर्गिस्तान तालिकामा तेस्रो स्थानमा छ । बंगलादेश भने प्रतियोगितामा जितविहीन रह्यो। यो दुवै टोलीले अब वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

समूह चरणको खेलमा यी दुवै टोली नेपाल र भारतसँग पराजित भएका थिए । समूह ए बाट नेपाल र भारत एक खेल अगावै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताअन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । नेपाल अपराजित हुँदै समूह विजेताका रुपमा सेमिफाइलनमा प्रवेश गर्न चाहन्छ । नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.