काभा महिला भलिबल च्यालेन्ज कप : कजाकस्तान बन्यो समूह बीको च्याम्पियन

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
काभा महिला भलिबल च्यालेन्ज कप : कजाकस्तान बन्यो समूह बीको च्याम्पियन

काठमाडौं । कजाकस्तान समूह बीको विजेताका रुपमा काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ ।

बुधबार समूहको अन्तिम खेलमा कजाकस्तानले उज्वेकिस्तानमाथि चार सेटमा कठिन जित दर्ता गर्‍यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा भएको खेलको पहिलो सेट हारेको अवस्थाामा कजाकस्तानले कमब्याक गरेको हो । झन्डै आधा घण्टा प्रतिस्पर्धा भएको पहिलो सेटमा उज्वेकिस्तान २६-२४ ले विजयी भयो । तर त्यसपछिको सेटमा उत्कृष्ट कमब्याक गरेको कजाकस्तानले २५-१६, २५-११ र २५-१८ ले जित्यो । योसँगै कजाकस्तान अपराजित रहँदै अन्ति चारमा प्रवेश गरेको छ ।

उसले तीन खेलमा पूरै ९ अंक बटुलेर समूह बिजेता बनेको हो ।

यता उज्वेकिस्तान समूह उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको छ । उसको ६ अंक छ । अब कजाकस्तानले समूह एको उपविजेता र उज्वेकिस्तानले समूह बीको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.