ओलम्पिक एसियाली छनोटका लागि नेपाली महिला फुटबल टिमको घोषणा, अन्जिलाको कप्तानीमा २२ खेलाडीको नाम सार्वजनिक

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
ओलम्पिक एसियाली छनोटका लागि नेपाली महिला फुटबल टिमको घोषणा, अन्जिलाको कप्तानीमा २२ खेलाडीको नाम सार्वजनिक

काठमाडौं । पहिलो चरणको महिला ओलम्पिक फुटबल एसियाली छनोटका लागि नेपालको टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक अनन्त थापाले आज (शुक्रबार) एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २२ खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।

डिफेन्डर सिर्जना चेम्जोङले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाउँदा पूजा रानाले पुनरागमन गरेकी छन् । उनी चोटका कारण टिमबाहिर थिइन् । मुख्य डिफेन्डर गीता राना र फरवार्ड प्रीति राईले भने चोटकै कारण ओलम्पिक छनोट गुमाउने भएका छन् ।

छनोट भएका अन्य खेलाडीमा गोलकिपरमा एन्जिलासहित अन्जना राना मगर र उषा नाथ छन् । डिफेन्डरमा समीक्षा घिमिरे, हीराकुमारी भुजेल, अमृता जैसी, विमला विक र निशा थोकर छन् । मिडफिल्ड रेनुका नगरकोटी, विमला चौधरी, सरु लिम्बू, दीपा शाही, सविता राना मगर, अनीता बस्नेत र अनीता केसीले सम्हाल्नेछन् ।

अस्मिता कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी घिसिङ र निर्मला विक अग्रपंक्तिमा छन् । नेपालले घरेलु मैदानमा पहिलो खेल आगामी चैत २२ गते हुनेछ । दोस्रो खेल २५ खेल्ने तालिका छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । जित हात पार्ने टिम दोस्रो चरणका लागि छनोट हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.