थ्री-स्टार १-० ले विजयी (तस्बिरसहित)

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
थ्री-स्टार १-० ले विजयी (तस्बिरसहित)

बुटवल । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा थ्री-स्टार क्लब विजयी भएको छ ।

बुटवल ११, देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा साबिक विजेता थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको हो । थ्री-स्टारका लागि खेलको दोस्रो हाफको ३८औं मिनेटमा दिपेश गुरुङले गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा थ्री-स्टारले गोलको थुप्रै अवसर पाए पनि सदुपयोग गर्न भने सकेन । हिमालयन शेर्पा पनि गोलको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो । आइतबारको खेलमा थ्री-स्टारका लोकेन लिम्बू म्यान अफ दी म्याच घोषित भए । उनले नगद ११ हजार १११ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत सोमबार विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई विभागीयसहित आठ टिम सहभागी प्रतियोगिता विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.