सेन्ट्रल एसियन महिला भलिबल : ८ देश खेलाडी सहभागी हुने, राखेपले ५० लाख सहयोग गर्ने

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
सेन्ट्रल एसियन महिला भलिबल : ८ देश खेलाडी सहभागी हुने, राखेपले ५० लाख सहयोग गर्ने

काठमाडौं । नेपालमा आयोजना हुने सेन्ट्रल एसियन महिला भलिबल च्याम्पियनसिपमा अहिले सम्म आठ राष्ट्र सहभागी हुने पक्का भएको छ ।

नेपाल भलिबल संघले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै सहभागी टिमबारे पछिल्लो जानकारी दिएको हो । च्याम्पियनसिप आगामी वर्ष जेठ ६ देखि १५ गतेसम्म हुँदै छ । प्रतियोगितामा दक्षिण एसियाबाट आयोजक नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत र श्रीलंका तथा मध्य एसियाबाट किर्गिस्तान, उज्वेकिस्तान, काजकिस्तानले सहभागिता जनाउनेछन् ।

भुटान र पाकिस्तानको महिला टिम छैन । ताजकिस्तानले भाग लिने भनिए पनि बजेट अभावका कारण पछि सर्यो । अफगानिस्तान आउने सम्भावना रहेको भलिबल संघले जानकारी दिएको छ ।

प्रतियोगितामा दुई करोड पचास लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पचास लाख रुपैयाँ दिने भएको छ । प्रतियोगिताको लोगो सार्वजनिकसमेत गरिएको कार्यक्रममा राखेपले सो प्रतिबद्धता जनाएको हो ।

प्रतियोगिताका सबै खेल त्रिपुरेश्वर स्थित कबर्डहलमा हुनेछ । खेलका लागि आवश्यक पूर्वाधार निर्माण तथा स्रोत जुटाउनमा राखेपले सहयेाग गर्ने प्रतिबद्धता जनाएको छ । प्रतियोगिताका लागि नेपालले यस अघि नै तयारी थालिसकेको छ । यही प्रतियोगिताका लागि लक्षित गरी बेल्जियन प्रशिक्षक जान दी ब्रान्द नेपाल आइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.