खेलाडीलाई राष्ट्रपतिको हौसला, भन्छन्- खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु हुँदैन

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
खेलाडीलाई राष्ट्रपतिको हौसला, भन्छन्- खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु हुँदैन

काठमाडौं । आईसीसी विश्वकप लिग टूअन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार यूएईविरुद्धको खेलमा ९ रनले नेपाल विजयी भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीहरुलाई हौसला प्रदानका लागि शीतलनिवासमा बोलाएका छन् ।

उनले खेलाडीहरुलाई हौसलासँगै बधाई दिए । राष्ट्रपति पौडेलले खेलाडीहरुसँगको भेटमा खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने धारणा राखे ।

आईसीसी लिग टूमा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीले राष्ट्रको इज्जत र गौरवलाई बढाएको धारणा राखे । उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औंल्याए ।

‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईंहरु विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ । मैले हिजो इन्ट्रेस दिएर हेरेँ असाध्यै राम्रो खेल थियो । दर्शकहरु पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो,’ उनले भने, ‘पूर्वाधारको कमी छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन । यसमा त विश्वका देशहरुसँग प्रतिस्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीहरुको मनोबल बढाउन सरकारले लाग्नुपर्छ ।’

राष्ट्रपति पौडेलले खेलाडीहरुको मनोबल बढाउन सरकार लाग्नुपर्ने पनि जनाए ।

नेपाली क्रिकेट एक तह माथि : क्यान अध्यक्ष चन्द


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.