
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज (शुक्रबार) देखि सुरु हुँदै छ । उद्घाटन खेलमा खुमलटार यूथ क्लब र फ्रेन्डस क्लब बीच प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेल आज साँझ साढे पाँच बजे सुरु हुनेछ । खुमलटारले यसै खेल मार्फत शीर्ष डिभिजनमा डेब्यु गर्दै छ । बी डिभिजन उपविजेता हुँदै ए मा उक्लिएको खुमलटार पहिलो खेलमै जीत हात पार्ने लक्ष्यमा हुने छ । राष्ट्रिय टिमका रेजिन सुब्बाले टिमको कप्तानी सम्हाल्नेछन् ।
फ्रेन्डसले गत सिजन रेलिगेसन बाट बच्न संघर्ष गरेको थियो । उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको फ्रेन्डस यो पटक मिड टेबलमा रहने योजनामा छ । उर्जनले अघिल्लो संस्करण थ्री स्टारको जिम्मेवारी सम्हालेका थिए । मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक किरण श्रेष्ठले आफूहरूको हिलो लक्ष्य शीर्ष चार रहेको बताएका छन् ।
त्रिभुवन आर्मी क्लबले पनि उपाधिमा आफ्नो दाबेदारी प्रस्तुत गर्यो । साबिक विजेता मच्छिन्द्रले आगामी आइतबार जावलाखेल यूथ क्लबसँग खेल्दै उपाधि रक्षाको यात्रा सुरु गर्नेछ । नवप्रवेशी खुमलटार र चर्च ब्वाइज सहित १४ क्लब सहभागी लिग डवल राउन्ड रोविनको हुनेछ ।
खेल दशरथ रंगशाला, च्यासल र एन्फा कम्प्लेक्समा हुनेछ । खेलाडीका लागि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाउनका लागि लिग सबैभन्दा ठूलो प्लेटफर्म हो । राष्ट्रिय टिमका नव नियुक्त इटालियन प्रशिक्षक भने सेन्जो अल्बर्टो एनेस पनि नेपाल आइसकेका छन् । उनलाई हिजो एन्फाले नियुक्ति पत्र प्रदान गरेको छ ।
लिगमा गरेको प्रदर्शनका आधारमा भने सन्जोले राष्ट्रिय टिममा खेलाडी बोलाउनेछन् । लिग विजेताले ७५ लाख र उपविजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।