आजको खेलमा पनि स्कटल्यान्डका खेलाडीले सन्दीपसँग हात मिलाएनन्

फाल्गुन ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
आजको खेलमा पनि स्कटल्यान्डका खेलाडीले सन्दीपसँग हात मिलाएनन्

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत मंगलबार भएको अन्तिम खेलमा पनि स्कटल्यान्ड क्रिकेट टिमका खेलाडीले सन्दीप लामिछानेसँग हात मिलाएनन् ।

खेल सम्पन्न भएपछि प्रतिस्पर्धी टिमले एक अर्कासँग हात मिलाएर खेल भावना व्यक्त गर्ने चलन भएपनि सन्दीप लामिछानेसँग उनीहरूले हात मिलाएनन् । गत शुक्रबार भएको प्रतिस्पर्धामा पनि खेल समाप्त भएपछि स्कटल्यान्ड टोलीका खेलाडीले जबरजस्तीकरणीका आरोपित लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका थिए ।

उक्त खेल नेपालले तीन विकेटले जितेको थियो भने आज भएको अन्तिम खेलमा नेपालले स्कटल्यान्डमाथि २ विकेटले जितेको हो ।

सिरिजमा नेपालसहित नामिबिया र स्कटल्यान्ड सहभागी थिए । यद्यपि नामिबियाका खेलाडीले भने सन्दीपसँग हात मिलाएका थिए ।

सम्बन्धित समाचार...

किन सन्दीपसँग हात मिलाएनन् स्कटल्यान्डका खेलाडीले ?

आईसीसी विश्वकप क्रिकेट लिग टु : घरेलु मैदानमा नेपाल च्याम्पियन, अन्तिम खेलमा स्कटल्यान्डमाथि २ विकेटको पुनरागमन जित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement