किन सन्दीपसँग हात मिलाएनन् स्कटल्यान्डका खेलाडीले ?

फाल्गुन ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
किन सन्दीपसँग हात मिलाएनन् स्कटल्यान्डका खेलाडीले ?

काठमाडौं । स्कटल्यान्ड क्रिकेट टिमका खेलाडीले जबरजस्ती करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् । जारी आइसीसी विश्व क्रिकेट लिग टू सिरिजअन्तर्गत आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गरेको थियो ।

यो खेल नेपालले तीन विकेटले जित्यो । खेल समाप्त भएपछि दुवै टिमले एक अर्कासँग हात मिलाएर खेल भावना देखाउने प्रचलन छ । सोहीअनुसार नेपाली टोली पवेलियनबाट स्कटलयान्डका खेलाडीसँग हात मिलाउन मैदानमा आएका थिए । सन्दीप टोलीको अन्तिममा थिए । स्कटिस टिमले सबैसँग हात मिलाए तर सन्दीपसँग भने मिलाएनन् ।

सन्दीपमाथि जवरजस्तीकरणीको आरोप छ । उनलाई गत पुष २८ गते पाटन उच्च अदालतले २० लाख धरौटीमा सर्तसहित रिहा गरेको थियो । महान्याधिवक्ताको कार्यालयले उच्च अदालतको आदेश त्रुटीपूर्ण भन्दै थुनामै राखेर मुद्धा अघि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीपमाथि लागेको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरेपछि आलोचना भइरहेको छ । स्कटल्यान्डले नेपाल आउनु अघिनै क्यानलाई इमेल मार्फत सन्दीपसँग हात नमिलाउनेबारे जानकारी गराएको बुझिएको छ । सिरिजमा नेपाल सहित नामिबिया र स्कटल्यान्ड सहभागी छन् । नामिबियाका खेलाडीले भने सन्दीपसँग हात मिलाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement