बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत ६२ वटा पुल निमार्णको काम सम्पन्न

माघ १५, २०८२ |नवीन पौडेल
बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत ६२ वटा पुल निमार्णको काम सम्पन्न

नवलपारसी । विस्तारको क्रममा रहेको बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत ६२ वटा पुल निमार्णको काम सम्पन्न भएको छ । पूर्वी खण्डमा निमार्ण हुनुपर्ने ३४ वटा पुल मध्य सबै पुल निमार्णको काम सम्पन्न भएको हो । बुटवल नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार १२ वटा ठूला र २२ वटा साना पुल निमार्णको काम सम्पन्न भएको हो । 

निमार्ण सम्पन्न भएको मध्य ३३ वटा वटा पुलमा यातायात सञ्चालनमा आएको र अरुणखोलामा निमार्ण भएको पुल फागुन २१ गतेको चुनाव अगाडि नै सञ्चालनमा ल्याउने तयारी छ । पूर्वी खण्डतर्फ निमार्ण गर्नुपर्ने २ सय ११ वटा कल्भर्ट पनि सम्पन्न भएको छ ।

सडक विस्तार अन्र्तगत पश्चिम खण्डमा निमार्ण गर्नुपर्ने ९ वटा ठूला पुलको काम सकिएको छ । १९ वटा साना पुल मध्य १८ वटाको काम सम्पन्न भएको र बर्दघाटको त्रिवेणी चोकमा निमार्णाधिन पुलको केही मात्र काम बाकी रहेको आयोजनाले जनाएको छ । पुल र कल्भर्ट निमार्ण भएपछि यातायात सहज भएको छ ।

२०७५ माघ मा काम सुर भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले निमार्णको जिम्मा लिएपनि तीन पटक सम्म म्याद थप भएको छ । चौथो पटक थप भएको म्याद आगामी साउन मसान्तमा सकिदै छ । एसियाली विकास बैङ्क को ऋण सहयोगमा एक सय १३ किलोमिटर करिब १७ अर्बको लागतमा विस्तार भैरहेको हो ।  


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।