कान्तिपुरकर्मी मनोज पौडेल सम्मानित

दशकदेखि चरा, वन्यजन्तु, पर्यापर्यटन र वातावरण क्षेत्रमा संचार क्षेत्रबाट योगदान
माघ १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरकर्मी मनोज पौडेल सम्मानित

कपिलबस्तु । कान्तिपुरकर्मी मनोज पौडेल उत्कृष्ट संरक्षण पत्रकारिता सम्मानबाट सम्मानित हुनुभएको छ । कपिलवस्तुमा रहेर चरा लगायत संरक्षणको क्षेत्रमा योगदान गरेबापत सोमबार पौडेललाई सम्मान गरिएको हो ।

लुम्बिनीमा पोखरा बर्ड सोसाइटीले आयोजना गरेको तेस्रो नेपाल बर्ड फेयर कार्यक्रममा एक दशकदेखि चरा, वन्यजन्तु, पर्यापर्यटन र वातावरण क्षेत्रमा संचार क्षेत्रबाट योगदान पुर्‍याउँदै आएका पौडेल सम्मानित हुनुभएको हो । लुम्बिनीमा आयोजित कार्यक्रममा एसियन बर्ड फेयर तथा वर्ल्ड बर्ड फेयर काउन्सिलका कार्यकारी निर्देशक भिक्कर युले उपहार, नगद पुरस्कारसहित सम्मान-पत्र प्रदान गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.