जर्मन होम्स र मध्यपुर थिमी नगरपालिकाबीच दीर्घकालीन सहकार्य

माघ ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
जर्मन होम्स र मध्यपुर थिमी नगरपालिकाबीच दीर्घकालीन सहकार्य

भक्तपुर । गठ्ठाघरमा रहेको जर्मन होम्स होटल  र मध्यपुर थिमी नगरपालिका बीच दीर्घकालीन व्यावसायिक सहकार्यको उद्देश्यका साथ, जर्मन होम्स होटलको पहलमा आजदेखि “हाट बजार मेला तथा परम्परागत वस्तु विनिमय” कार्यक्रम सुरु भएको छ।

आधुनिक तथा नयाँ व्यवसायीको प्रवर्ध्दन गर्ने उद्देश्यले परम्परागत र आधुनिक संस्कृतिको संगममार्फत हाटबजार तथा परम्परागत वस्तु विनिमय उत्सव गरिएको जर्मन होम्सका कार्यकारी निर्देशक राजन कार्कीले जानकारी दिनुभयो। 

उत्सवमा एकै प्लेटफर्ममा विभिन्न सांस्कृतिक तथा व्यावसायिक गतिविधिहरू प्रस्तुत गरिनेछ। कार्यक्रममा विभिन्न उत्पादनका स्टलहरू, लाइभ संगीत, सडक तथा स्टिक फुड, बालबालिकाका खेलकुद क्षेत्र, थ्रिफ्ट (सेकेन्ड ह्यान्ड) बजार, बार्टर बजार तथा प्रदर्शनी हलहरू राखिएका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.