आज मार्गशीर्ष शुक्ल पूर्णिमा : धान्यपूर्णिमा, यमरी पुन्हि र उधौली अर्थात चासोक तङनाम मनाइँदै

मंसिर १८, २०८२ |लक्ष्मी गौतम
आज मार्गशीर्ष शुक्ल पूर्णिमा : धान्यपूर्णिमा, यमरी पुन्हि र उधौली अर्थात चासोक तङनाम मनाइँदै

पाँचथर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । नेवार समुदायमा यमरी पुन्हि मनाइदै छ भने किरॉत समुदायको वाहुल्यता रहेका जिल्लाहरुमा आज उधौली अर्थात चासोक तङनाम उल्लासमय तरिकाले मनाइदैछ ।

मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यसैगरि नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

किरॉत समुदाय अन्तरगतका लिम्बू जातीले यो पर्वलाई चासोक तङनाम अर्थात न्वागी पर्वका रुपमा मनाउँछन् । विशेषतः यो पर्व पुर्वी पहाडमा बाहुल्यता रहेका राई, लिम्वू, सुनुवार र याक्खा जातीले मंसिर पुर्णिमाको दिनलाई चासोक तङनाम अर्थात उधौली पर्वका नामले पुकार्छन् ।

आजकै हिन्दु धर्मावलम्बीले धान्य पुर्णिमाको संज्ञा दि‘दै गोठ पुजा गर्ने चलन छ । प्रकृति पुजकका रुपमा चिनाउने किराँत समुदायले आजकै दिन नया अन्न चढाएर न्वागी खाने साइत गर्छन । चासोक तङनामका अवसरमा फिदिम स्थित सुम्हालुङ मन्दिर,सिलौती,लव्रेकुटी लगायतका स्थलहरुमा पुजा आरधना सहित नया अन्न विधिवत रुपमा चढाएर न्वागी पुजा गर्नेको भीड लाग्छ । 


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।