रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरकी रुबी कुमारी साहको हत्या आरोपमा प्रहसीले एक जना अभियुक्त पक्राउ गरेको छ। हत्या गरेर सुटकेसभित्र भेटिएकी माधव नारायण ६ माधोपुरकी रुबी कुमारी साहको मृत्यु प्रकरणका मुख्य अभियुक्त लक्ष्मन् पासवान आत्मदाहको प्रयास गरेको अवस्थामा पक्राउ परेका हुन् ।
गम्भीर अवस्थामा रहेकोले पासवानलाइ थप उपचारका लागि बर्न अस्पताल काठमाडौँ ल्याइएको छ। हत्या गरेर फरार भएको पासवान आज पाँचौं दिन आफ्नै गाउँमा पुगेर जिउमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता राजु कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोली घाइते पासवानलाई उद्धार गरी गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्याएको थिए ।
रुबी र लक्ष्मण पूर्व प्रेमी-प्रेमिका भएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आत्मदाहका कारण पासवानको शरीरको करिब ६० प्रतिशत भाग जलेको अस्पताल संचालक सुनिल साहले बताउनु भयो । पासवानको टाउको, पेट र पछाडिको भाग पूर्ण रूपमा जलेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको छ।
गत शनिबार रौतहटको गौर–गंगापिपरा सडक खण्डको मुडवलवा मोड नजिक सुटकेशमा महिलाको शव फेला परेको थियो ।सुटकेसमा डोरीले बाँधिएको अवस्थामा भेटिएको शव रौटहटको माधवनारायण नगरपालिका- ६ मधोपुर माइती भएकी रुवीकुमारी साहको रहेको थियो । घटनाको पाचौ दिन मुख्य अभियुक पक्राउ परेको छ l