उदयपुरमा दुई जनाको शव फेला

असार ४, २०८२ |भोटराज राई
उदयपुरमा दुई जनाको शव फेला

उदयपुर । उदयपुरमा दुई जनाको शव फेला परेको छ । चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा १४ वर्षीया बालिका मन्जु राई र २८ वर्षीय रविन राईको शव फेला परेको प्रहरीले बताएको छ ।

किशोरीको शव बाटोमा फेला परेको हो भने युवकको शव के€ही पर झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बेल्टारका इन्सपेक्टर बबिन राईले बताउनुभयो। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले दुवै शवको इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरी कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । 


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।