पत्रकार महिलाको समस्यामा राज्यको ध्यान पुगेन्: पूर्वराष्ट्रपति भण्डारी

जेष्ठ २५, २०८२ |रमा दाहाल
पत्रकार महिलाको समस्यामा राज्यको ध्यान पुगेन्: पूर्वराष्ट्रपति भण्डारी

झापा । पूर्वराष्ट्रपति विद्यादेबी भण्डारीले पत्रकारिता पेशामा रहेका महिलाले भोग्दै आएका समस्यालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताउनभुएको छ । नारी सञ्चारगृह झापाले प्रकाशन गरेको सञ्चारमा महिला नामक पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले पत्रकार महिलाको पेशागत र व्यावसायिक सुरक्षाप्रति अझै चिन्ता गर्नुपर्ने अवस्था आउनु दुःखद् पक्ष भएको उल्लेख गर्नुभयो ।

सोही कार्यक्रममा नारी सञ्चारगृहले स्थापना गरेको अक्षयकोषमा ५० लाख जम्मा भएको घोषणा गरिएको थियो । यो कोषको व्याजबाट पत्रकार महिलाको औषधिउपचारमा सहयोग गर्नुका साथै लेखनवृत्ति र पुरस्कारहरु प्रदान गरिने अध्यक्ष रेजिना गौतमले बताउनुभयो ।

२०६९ सालमा झापामा स्थापित नारी सञ्चारगृहले पत्रकार महिलाको छाता संस्थाका रुपमा परिचय बनाइसकेको छ । 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।