जुम्लाको स्याउ विदेशी बजारमा कसरी पुर्‍याउने ?

आश्विन ३०, २०८२ |डीबी बुढा
जुम्लाको स्याउ विदेशी बजारमा कसरी पुर्‍याउने ?

जुम्ला । दुइ दशकअघि जुम्लाको स्याउ बंगलादेशको बजारमा पुर्‍याउने गरेको भए पनि अहिले रोकिएको छ । उतिबेला उद्योग वाणिज्य संघ जुम्लाको पहलमा स्याउ बंगलादेशमा निर्यात भएको थियो । तर अहिले जान सकिरहेको छैन ।

जुम्लामा यतिबेला बगैंचाबाट टिपेको स्याउ धमाधम बिक्रीको काम चलिरहेको छ । ताजा र स्वादिलो जुम्ली स्याउको किसान अहिले अन्तर्राष्ट्रिय बजारको खोजीमा छन् । नेपाली बजारमा पनि माग उच्च रहेको जुम्ली स्याउ अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सके अभैm राम्रो आम्दानी गर्नसक्ने आशाका चन्दननाथ ५, जुम्लाका किसान सरोज शाही बताउनुहुन्छ । 

२०६२ सालमा केही किसानले जुम्लाको स्याउ बङ्गलादेश निर्यात गरे । जुम्ला उद्योग वाणिज्य संघले अन्तरदेशीय निर्यातसम्बन्धी कानुनी आधार तयार गरेर स्याउ बङ्गलादेश पठायो । भारत हु“दै बङ्गलादेश निर्यात भएको थियो । काठका पेटी बनाएर सुर्खेतबाट स्याउ विराटनगर पठाएको र त्यहा“का अर्का व्यापारीले भारतको फूलबारी मार्ग हु“दै जुम्ली स्याउ बङ्गलादेश पु¥याइएका थिए । केही वर्षसम्म बङ्गलादेश पठाइए पनि लामो समय टिक्न नसकेको उद्योग वाणिज्य संघ, जुम्लाका पूर्वाध्यक्ष गोविन्दबहादुर शाही बताउनुहुन्छ ।

अहिले किसानले स्याउलाई विदेश पठाउने योजना अघि बढाउन सरकारी निकायस“ग आग्रह गरिरहेका छन् । अब अन्तर्राष्ट्रिय बजारका विषयमा सरकारले सोचिदिनुपर्ने माग उनीहरुको छ । जुम्लाको स्याउ बङ्गलादेश गएको जानकारी भए पनि निरन्तरता नभएकाले त्यसमा प्रदेश तथा सङ्घीय सरकारले वातावरण बनाइदिनु पर्ने चन्दननाथ ५, जुम्लाका किसान कार्मा बुढा बताउनुहुन्छ ।

जुम्लाको स्याउ अब भारतसम्म मात्र भए पनि निकासी गर्ने बाटोको खोजीमा किसान छन् । परीक्षण तथा कानुनी आधार राज्यले छिट्टै तयार गर्न आवश्यक रहेको देखिन्छ । विदेश पठाउने आधार सरकारले तयार गरिदिएमा जुम्ली स्याउ अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणको भएको दाबी कृषि विकास कार्यालय, जुम्लाका बागवानी विकास अधिकृत, तीर्थ देवकोटाको छ ।

कृषि विकास कार्यालयका अनुसार जुम्ली स्याउ सुर्खेत, नेपालगन्ज, सल्यान, धनगढी, महेन्द्रनगर, तुल्सीपुर, पाल्पा, बुटवल, गुल्मी, स्याङ्जा, काठमाडौं, जनकपुर र विराटनगर पुग्ने गरेको छ । चार हजार चार सय हेक्टरमा यस वर्ष १० देखि १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरेको छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।