तिहारमा फूलमाला विक्री वितरणका लागि तोकिएका ३२ स्थान कुन-कुन ?

आश्विन २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
तिहारमा फूलमाला विक्री वितरणका लागि तोकिएका ३२ स्थान कुन-कुन ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थानहरु तोकेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । 

तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ । महानगर क्षेत्रभित्रका ३२ स्थानमा हुने फूलमाला विक्री तथा वितरण केन्द्रबाट नेपाली किसानले उत्पादन गरेका फूलमाला मात्रै विक्री गर्न पाइनेछ । 

महानगरले विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो कदम चालेको बताएको छ । महानगरले जनाएअनुसार यी वितरण केन्द्रहरुबाट नेपालमै उत्पादन भएका फूल र मालाहरु मात्र विक्री गरिनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.