धादिङमा ५५ वर्षीया महिलाको हत्या

आश्विन २०, २०८२ |पोषनाथ अधिकारी
धादिङमा ५५ वर्षीया महिलाको हत्या

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ थापा कटेरीका ५५ वर्षीया राममाया कडेँलको खुडा प्रहार गरि हत्या भएको छ । गए राती १० बजेतिर घरको आँगनमा खुडाले प्रहार गरि टाउको छुट्टिएको अवस्थामा कडेँलको शव बरामब गरिएको धादिङका प्रहरी प्रमुख भेषराज रिजालले बताउनु भयो ।

हत्या गरिएको अभियोगमा राममायाका ३० वर्षीय छोरा यमबहादुर कडेँललाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या गरेको थाहा पाएर पुगेका छिमेकिलाई समेत यमबहादुरले खुडा देखाएर तर्साएका थिए । 

स्थानीय चौकी, सल्यान्टार प्रहरी चौकी र जिल्लाबाट गएका प्रहरीले यमबहादुरलाई घरबाट नै नियन्त्रणमा लिएको पनि एस्पी रिजालले बताउनु भयो । अहिले शव पोस्ट्मर्टमका लागि सदरमुकाम ल्याइएको छ भने घटनाको बारेमा थप अनुसन्धान भइ रहेको बताइएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।