झापाका बस्ती जोगाउन जिल्ला विपद् व्यवस्थापन समितिको पूर्व तयारी

जेष्ठ २५, २०८२ |रमा दाहाल
झापाका बस्ती जोगाउन जिल्ला विपद् व्यवस्थापन समितिको पूर्व तयारी

झापा । नदि कटान र डुबानबाट प्रभावित हुँदै आएका झापाका बस्ती जोगाउन जिल्ला विपद् व्यवस्थापन समितिले पूर्व तयारी थालेको छ । हरेक वर्ष डुबानमा पर्दै आएका झापाका गौरीगञ्ज, बाह्रदशी, झापा र कचनवकल गाउँपालिकाका साथै खोला किनारका अन्य वस्तीका बासिन्दाको धनजन सुरक्षाका लागि विपद् व्यवस्थापन समिति वर्षाअगावै सक्रिय भएको हो । 

समितिले विपद् न्युनीकरणमा सघाउँदै आएका रेडक्रस लगायतका संस्थाका साथै स्थानीय उद्योगी व्यवसायीहरुसँग सहकार्यका लागि प्रस्ताव गरेको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार पराजुलीले बताउनुभयो। 

नदि कटान र डुबानबाट झापाका करिव नौ हजार परिवार प्रभावित हुनसक्ने विपद् व्यवस्थापन समितिको प्रारम्भिक अनुमान छ । यसकै आधारमा बाढी प्रभावितहरुको अस्थायी आवासको व्यवस्थापनका लागि ठाउँ पहिचान समेत गरिसकेको विपद् व्यवस्थापन समितिले जनाएको छ। 


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।