किरात समुदायमा उभौली पर्वको रौनक

वैशाख २९, २०८२ |नारायण किलम्बू
किरात समुदायमा उभौली पर्वको रौनक

काठमाडौं । किरात समुदायले आज सांस्कृतिक पर्व उभौली मनाएका छन् । अन्न उब्जनी हुने भूमिका साथै देवीदेवताको पूजाआजा गरी किरात समुदायले उभौली पर्व मनाएका हुन् । 

आफ्नो थातथलो छाडेर काठमाडौं उपत्यकामा बसोवास गर्दै आएका किरात समुदायले ललितपुरमा भेला भएर सामाजिक सद्भावका साथ उभौली पर्व मनाए ।

किरात समुदायले भूमि, प्रकृति र देवीदेवताको पूजा गर्दै यो वर्षको बालीनाली सप्रियोस र सुख समृद्धि होस् भन्ने कामनाका साथ उभौली पर्व मनाएका हुन् । राई, लिम्बू, सुनुवार, याख्खा लगायत पूर्वी नेपालका किरात समुदायले ओखलढुंगा, उदयपुर, खोटाङ, सुनसरी लगायतका जिल्लामा परम्परागत रूपमा उभौली पर्व मनाएका हुन् । यस क्रममा आफ्नो जातीय पहिचान झल्किने पोसाकमा ढोलक र झ्याम्टाको तालमा साकेला नाच्ने चलन छ ।

उभौलीको समयपछि गर्मी बढ्दै जाने भएकाले किरात समुदायमा चराचुरुङ्गीदेखि जीवजन्तु समेत माथिल्लो भेगतर्फ लाग्ने विश्वास छ । यो पर्वमा आपसी सद्भाभावका साथ खुशी साटासाट गर्ने चलन छ ।

विस्तृत भिडिओमा :


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।